Thaha

Tuesday 07 May - 7:47 am NST

नेपाल एक स्थान माथि उक्लियो

काठमाडौं, २१ साउन । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको पछिल्लो बरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।

यसअघि १ सय ८५ औं स्थानमा रहेको नेपाल आज सार्वजनिक बरियतामा १ सय ८४ औं स्थानमा पुगेको हो । दक्षिण एशियामा भने नेपाल पुछारबाट माथि उक्लिन सकेको छैन । दक्षिण एशियामा अफगानिस्तान १ सय ३४ औं, भारत १ सय ५६, भुटान १ सय ६४, बंगलादेश १ सय ७०, पाकिस्तान १ सय ७१, माल्दिभ्स १ सय ७५ र  श्रीलंका १ सय ८२ औं स्थानमा रहेका छन् ।

बरियता अनुसार अर्जेन्टिना पहिलो स्थानमा यथावत छ भने बेल्जियम एक स्थान माथि उक्लिएर दोस्रो स्थानमा पुग्दा विश्व बिजेता जर्मनी एक स्थान तल झर्दै तेस्रोमा पुगेको छ । कोलम्बिया, ब्राजिल, पोर्चुगल, रोमानिया, इङल्याण्ड, वेल्स र चिली क्रमशः चौथो देखि दशौं स्थानमा छन् ।