Thaha

Monday 29 April - 1:43 pm NST

भारतका पूर्व राष्ट्रपति कलामको अन्त्यष्टि

काठमाडौं, १४ साउन । भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको आज राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ ।

गृहनगर रामेश्वरममा गरिएको अन्तिम संस्कारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, काँग्रेस उपाध्यक्ष राहुल गान्धीसहित अन्य राजनीतिक दलका नेताहरुको उपस्थिती थियो । कलामको पार्थीव शरीरलाई मदुरईबाट रामेश्वरम लैजाने क्रममा हजारौं सर्वसाधारणको उपस्थिती थियो ।

मिसाइल म्यान का रुपमा परिचित कलाम सन् २००२ देखि २००७ सम्म भारतको ११ औं राष्ट्रपति हुनुहुन्थ्यो । एउटा कार्यक्रममा बोलिरहँदा अचनक ढलेका ८३ बर्षीय कलामको गत सोमबार निधन भएको हो । कलामको निधनप्रति दुःख ब्यक्त गर्दै भारतले सात दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।