Thaha

Monday 29 April - 6:23 pm NST

मुम्बई बम आक्रमणका दोषि मेमनलाई फाँसी

काठमाण्डौँ, १४ साउन । भारतको मुम्बई बम आक्रमणका दोषि याकूब मेमनलाई आज बिहानै फाँसी दिईएको छ । नागपुर सेन्ट्रल जेलमा मेमनलाई बिहान ७ बजे फाँसी दिईएको भारतीय सँचारमाध्यमहरुले जनाएका छन्  । बिहानै साढे ५ बजे नमाज पढेका उनलाई फाँसी दिनु अगाडी नयाँ लुगा लगाउन दिईएको थियो । फाँसी हुने समयमा मेमनका परिवार नागपुर जेल पुगेका थिए । गएराती अबेर भारतको उच्च अदालतले विशेष सुनुवाई गर्दै मेमनलाई फाँसी दिने अन्तिम निर्णय सुनाएको थियो । फाँसीको सजायलाई पछि सार्न चर्चित अधिवक्ता, समाजीक कार्यकर्ताहरुले राष्ट्रपती, अदालतमा पटकपटक आग्रह गरेपनि त्यो खारेज भयो ।  महाराष्ट्रका अतिरिक्त मुख्य सचिव केपी बक्षीले पोस्टमार्टमपछि मेमनको शव उनको परीवारलाई बुझाउने बताउनुभयो । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले आज विधानसभामा मेमनको फाँसीबारे बयान दिने बिबिसीले जनाएको छ । सन् १९९३ मा मुम्बईमा श्रृखलाबद्ध विस्फोट हुँदा २ सय ५७ जनाको मृत्यु भएको थियो ।