Thaha

Tuesday 07 May - 4:20 am NST

आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको सुधारिएको प्रर्दशन

काठमाण्डौ १४ साउन । आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा र स्कटल्याण्डबीरुद्धको खेलमा नेपाल ३ रनले पराजित भएको छ । वर्षाका कारण  ३६ ओभरमा छोट्याईएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ७ विकेटको क्षतिमा नेपाल सामु २ सय ३६ रनको विजय लक्ष्य पेस गरेको थियो । 

जवाफि व्याटिङ गरेको नेपाल २ सय ३२ रनमा समेटियो । नेपालका लागि ओपनर अनिल मण्डलले सतकिय पारी खेल्दै सय रन बनाए भने कप्तान पारस खड्का ७० र महेश क्षेत्रीले २१ रन तथा ज्ञानेन्द्र मल्ले १८ रनको येगदान गरे पनि टिमलाई जिताउन सकेनन । 

नेपालका लागि कप्तान पारस खड्का र बसन्त रेग्मीले दुई–दुई तथा सोमपाल कामी र करण केसीले एक–एक विकेट लिए ।  नेपाल र स्कटल्यान बीचको दोस्रो खेल भोली हुने छ । टि–ट्वेन्टी विश्वकप छनौटमा निक्कै खराब प्रदर्शन गरेकोे नेपालले जित निकाल्न नसकेपनि सुधारिएको प्रर्दशन गरेको थियो । 

सन् २००७ देखि सुरु भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र स्कटल्यान्ड दुवैले पहिलोपटक सहभागीता जनाएका थिए । च्याम्पियनसिपबाट सन् २०१८ मा एक दिवसीय विश्वकपका लागि हुने छनौट खेलका लागि टोलीको टुंगो लाग्ने छ । एक दिवसीय विश्वकप सन् २०१९ मा हुनेछ ।