Thaha

Saturday 20 April - 7:37 pm NST

अलबिदा कलाम !!

काठमाण्डौ १२ साउन । पुर्व राष्ट्रपति एपिजे अव्दुल कलामको निधनमा भारतले ७ दिन शोक मनाउने भएको छ । कलामको हिजो साँझ ८३ वर्षको उमेरमा निधन भएको हो । सिलोङमा इन्डियन इन्टिच्युट अफ म्यानेजमेटका विद्यार्थीको निमन्त्रणामा आयोजित कार्यक्रममा हिजो प्रवचन दिदै गर्दा कलाम बेहोस हुनुभएको थियो ।

बेहोस भएपछि तत्कालै अस्पताल पुर्याइएका कलामको उपचारको क्रममा निधन भएको भारतीय सन्चार माध्यमले जनाएका छन् । भारतीय चिकित्सकले उहालाई राती ८ बजे मृत घोषित गरेका थिए । उहाको निधनप्रति विभिन्न देशले शोक पनि व्यक्त गरेका छन् ।उहाको पार्थिब सरिरलाई आजै दिल्ली लगिदै छ ।  

मिसाइल म्यानका रुपमा परिचित भारतका ११ औ राष्ट्रपतिको निधन पछि भारत सरकारले ७ दिन सम्म शोक मनाउने घोषणा गरेको हो । तमिलनाडुको रामेश्वरममा १५ अक्टोबर १९३१ मा जन्मनुभएका कलाम २००२ देखि २००७ सम्म भारतको राष्ट्रपति बन्नुभएको थियो । मिसाइलको प्रसिद्ध बैज्ञानिक कलामलाई सन् १९९७ मा भारत रत्न र सन् १९९० मा पद्म भुषणले सम्मानित गरिएको थियो । 

उहाँ भारतकै सबैभन्दा लोकप्रीय राष्ट्रपति भन्दै ‘आम जनताका राष्ट्रपति’को संज्ञा दिएको भारतीय सन्चार माध्यमले उल्लेख गरेका छन् । उहाले हिजो बिहान साढे ११ बजे शिलन्यास कार्यक्रममा सहभागी हुन जाँदै छु भनेर ट्वीट गर्नभएको थियो । 

 

कालाम पहिला पत्रिका बेच्ने काम गर्नुहुन्थ्यो । उहाँका चार वटा पुस्तक पनि प्रकासित छन् । कलाम मिलनसार स्वभाबको हुनुहुन्थ्यो । 

अब्दुल कलाम सन् २००८ मा काठमाडौं विश्व विद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन नेपाल पनि आउनुभएको थियो । 

सन् २००८ मा काठमाडौं विश्व विद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन नेपाल आएका बेला  तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग कलाम 

फोटो – बिबिसि हिन्दी