Thaha

Saturday 20 April - 7:21 am NST

​यमनमा पाँच दिन युद्धबिराम


काठमाण्डौं १० साउन । यमन सरकार र साउदी अरेबिया समर्थित हुँथी बिद्रोहिबीच युद्धबिराम गर्ने सहमती भएको छ । जारी आक्रमणका घटना पाँच दिनको लागि रोक्ने सहमती भएको बिबिसिले जनाएको छ ।

 

पाँच दिनको अवधिमा अत्यावश्यकीय पदार्थ ढुवानी गर्ने सरकारको तयारी छ । साउदी अरबको आधिकारिक न्युज एजेन्सिले आज मध्यरातदेखि लागु हुने गरि युद्धबिराम गरिएको जनाएको छ । त्यहाँको ताइज सुबे भन्ने ठाउँमा १ सय २० जनाको ज्यान जानेगरि भएको अवाई हमलापछि युद्धबिराम गरिएको हो ।

 

यो युद्धबिरामलाई अन्तराष्ट्रिय सन्चार माध्यमले अप्रत्यासित भएको टिप्पणी गरेका छन् । यमन सरकारले साउदी अरेबिया समर्थित हुँथी बिद्रोहिसँगको युद्ध बिरामको लागि आग्रह गरेपछि युद्धबिराम संभब भएको हो । यसअघि जुलाईको सुरुमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा गरेको युद्ध बिराम भने बिफल भएको थियो ।

 

संयुक्त राष्ट्रसंघका अनुसार यमनमा जारी युद्धका क्रममा हालसम्म करिब १७ सय नागरिक मारिएका छन्, भने ४ हजार घाइते भएका छन् ।