Thaha

Saturday 27 April - 2:17 pm NST

स्कटल्यान्ड र नेदरल्यान्डस् उपाधिकोलागि भिड्दै

काठमाण्डौ १० साउन । आइसिसि टि–ट्वान्टी विश्वकप क्रिकेट छनौट प्रतियोगिताको उपाधिकोलागि आज स्कटल्यान्ड र नेदरल्यान्डस् भिड्दै छन् । आयरल्यान्डको डव्लिन क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार साँझ सात बजेपछि शुरु हुनेछ । 

यसअघि हिजो भएको खेलमा साबिक बिजेता आइल्यान्डलाई पाँच विकेटले पराजित गर्दै नेदरल्यान्डस् फाइनलमा प्रबेश गरेको हो भने स्कटल्यान्ड पनि हङकङलाई पाच विकेटले हराउदै फाइनलमा स्थान बनाउन सफल भएको हो । 

यस्तै प्रतियोगिताको तेस्रो स्थानकोलागि आजै हङकङ र आयरल्यान्ड भिड्दैछन् । यि दुई बिचको खेल नेपाली समय अनुसार दिउसो पौने ३ बजेपछि डव्लिन क्रिकेट मौदानमै हुनेछ । 

योसँगै गत जुलाई नौ तारिखदेखि शुरु भएको प्रतियोगिता आजै सकिनेछ । प्रतियोगिताबाट आगामी वर्ष भारतमा हुने टि–ट्वान्टी विश्वकप क्रिकेटमा ६ टोली छनौट भएका छन् । 

आयरल्याण्ड र स्कटल्याण्ड समूहको शीर्ष स्थानमा रहँदै सोझै विश्वकपका छनोट भएका हुन् भने नेदरल्याण्डस्, हङकङ, अफगानिस्तान र ओमानले प्ले अफ खेल्दै विश्वकपमा स्थान सुरक्षित बनाएका छन् ।