Thaha

Saturday 27 April - 2:39 pm NST

लिजेण्ड पेले फेरी अस्पताल भर्ना


काठमाडौ, ३ साउन ।


ब्रजिलका महान फुटबलर पेले उपचारका लागि अस्पताल भर्ना भएका छन् । प्रोटेष्टको अप्रेसन गरेको दुई महिना पछि ७४ बर्षिय पेले थप उपचारका लागि फेरी अस्पताल भर्ना भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

नसा च्यापिने समस्याले ग्रसित पेलेको साओ पाओलो स्थित अल्बर्ट आईन्स्टाईन अस्पतालमा उपचार हुदै छ । तिन पटकको बिश्वकप बिजेता पेलेलाई कहिले र किन अस्पताल भर्ना गरियो भन्ने अधिकार आफुलाई नभएको अस्पतालका सुचना अधिकारीले बताएका छन् ।