Thaha

Friday 10 May - 1:13 am NST

नेपाल ‘गर वा मरको स्थितिमा’

काठमाण्डौ साउन १ । टि–ट्वान्टी बिश्वकप छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत नेपालले आज पपुवा न्युगिनीसँग प्रतिष्प्रर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेदेखि शुरु हुनेछ । आइरल्यान्डको डब्लिन क्रिकेट मैदानमा हुँने खेलमा मैदान उत्रदा समुह चरणमा दोस्रो स्थानमा रहेको पपुवा न्युगिनी पहिलो स्थानमा पुग्ने दाउमा हुँनेछ भने नेपाल जसरी पनि पपुपा न्युगिनिलाई पराजित गर्दै विश्वकप यात्रा कायम राख्ने दाउमा हुनेछ ।

अघिल्लो चरण प्रबेश गर्न नेपालललाई आजको खेल जित्नै पर्ने दवाब छ । नेपाल र पपुवा न्युगिनी यसै प्रतियोगितामा ३ पटक मैदानमा उत्रिएका छन् । जसमा नेपाल २–१ ले अघि छ । सन् २०१२ मा पपुवान्युगिनिले नेपाललाई ३५ रनले पराजित गरेको थियो भने प्लेअफमा नेपालले ६ विकेटको सानदार जित निकालेको थियो । यस्तै सन् २०१३ को सस्करणमा नेपालले पपुवान्युगिनी बिरुद्ध ७ विकेटको अर्को सनसनीपुर्ण जित निकालेको थियो ।

तर, नेपालले जारी प्रतियोगितामा भने बिर्षनलायक प्रर्दशन गर्दै आएको छ । पहिलो खेलमा अमेरीका बिरुद्ध  ६ विकेटको जित निकाले पनि नामिविया सँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि अंक बाँडेको थियो । आइरल्यान्डसँग ८ विकेटले र हङकङसँग ५ विकेटले पराजित भएपछि नेपालको अघिल्लो चरणको यात्रा कठिन बनेको छ । पपुवान्युगिनिले भने उपाधी दाबेदार मानिएको आइरल्यान्डलाई २ विकेटले हराउदै सनसनिपुर्ण जित निकालेको छ ।

प्रतियोगितामा अघिल्लो चरणमा जान नेपाललाई बाँकी दुबै खेलमा जित निकाले पनि अन्य टोलीको खेलको नतिजामा समेत भर पर्नुपर्ने छ । नेपाल रहेको समुह ‘ए’मा आइल्यान्ड पहिलो, पपुवा न्युगिनी दोस्रो स्थानमा छन् भने नेपाल पाँचौ स्थानमा छ । आजै समूह ए मा रहेको हंकङले आयरल्याण्डको सामाना गर्दैछ भने नामिबिया र जर्सी भिड्दैछन् । नेपालले समूह चरणको अन्तिम खेलमा भोली जर्सीसँग खेल्नेछ ।