Thaha

Friday 19 April - 4:19 am NST

ताज महलमा प्रेम जोडीको आत्महत्या प्रयास


भारत, १ साउन ।


प्रेम स्मारकको रुपमा चर्चित भारतको ताज महलमा एक जोडी युवाले आत्म हत्याको प्रयास गरेका छन् । फरक समुदायको भएकै कारण अविभावकले बिवाह गर्न नदिएपछि ताज महलमा घाँटी रेटेर आत्म हत्याको प्रयास गरेको उनिहरुको भनाई छ ।

हिन्दु र मुस्लीम समुदायका युवा युवती घाँटी रेटिएको अबस्थामा ताज महलमा भेटिएको स्थानिय प्रहरीले पुष्टि गरेको छ । फरक समुदायका युवा युवती बिचको बिबाह भारतमा अझैपनि सहज हुन सकेको छैन । ताज महलमा पुगेका जोडी मध्य पहिला युवतीले आफ्नै घाँटी रेटेको,त्यसपछि युवाले पनि त्यसै गरेको ए एफ पी ले जनाएको छ ।

बिवाहका लागि सबै प्रयास गर्दा पनि नसकेपछि आत्महत्याको बाटो रोजेको प्रेम जोडीको भनाई छ ।