Thaha

Saturday 27 April - 11:43 am NST

​दोश्रो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौ,२२ असार।
विश्वकप टी–ट्वेन्टी क्रिकेट छनोट प्रतियोगिताअघिको दोस्रो अभ्यास खेलमा आज नेपाल  युएईसंग पराजित भएको छ । नेपाललाई युएईले डिएल मेथड अनुसार २० रनले हराएको हो । नेपालले दिएको ८५ रनको समान्य लक्ष्य पछ्याउने क्रममा यएईले २ विकेट गुमाएर १४ ओभरमा ८१ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । युएईका फैजन आसिफले २४, अमजद अलीले २३, उमर अलीले नटआउट १६ तथा मोहमद सहजादले १३ रन बनाए । नेपालका लागि जितेन्द्र मुखिया र सागर पुनले एक÷एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुआत गर्दै वर्षाले छोट्याइएको १८ ओभरको खेलमा ७ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । पहिलो १३ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको नेपालका लागि शरद भेषवकारले सर्वाधिक नटआउट ३८ उपकप्तान ज्ञानेन्द्र मल्ल र प्रदिप ऐरीले १३÷१३ रन बनाए । सोमपाल कामीले नटआउट ७, कप्तान पारस खड्काले ५ तथा सागर पुन, राजेश पुलामी मगर र सुवास खकुरेलले एक÷एक रन बनाए भने विनोद भण्डारी रनको खाता नै खोल्न सकेनन् । युएईका मन्जुल गुरुगेले तीन विकेट लिए । यसअघि, हिजोको ओमानविरुद्धको पहिलो खेल वर्षाले रद्द भएको थियो ।