Thaha

Saturday 27 April - 6:32 pm NST

नेपाल र ओमनबीचको खेल बर्षाले रद्ध

काठमाडौं​, असार २१ । नेपाल र ओमनबीचको पहिलो अभ्यास खेल बर्षाका कारण रद्ध भएको छ । विश्व ट्वान्टी–२० छनोट खेल्न आयरल्याण्ड पुगेको नेपाली टोलीले ओमनले दिएको १ सय २६ रनको लक्ष्य पछ्याउन ब्याटिङ सुरु गरेलगत्तै पानी परेपछि खेल रद्ध भएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले १६ दशमलव ३ ओभर खेल्दै ४ विकेट गुमाएर १ सय  १५ रन बनाएको थियो । डिएल मेथडका आधारमा नेपालले १६ ओभरमा १ सय २६ रनको लक्ष्य पाएको थियो । नेपालले जवाफि व्याटिङ सुरु गर्दै ३ बलमा ६ रन जोड्दा पानी परेपछि खेल रद्ध गरिएको आइसीसीले जनाएको छ ।

विश्वकप छनोट चरणका खेल शुरु हुनु अघि हरेक टिमले दुई÷दुई वटा वार्मअप खेल खेल्ने आइसीसीको प्राबधान अनुरुपम नेपालले दोस्रो खेलमा भोली युएईसँग प्रतिष्पर्धा गर्नेछ । टि–ट्वान्टी विश्वकप छनोट चरणका खेल भने आगामी बिहिबारदेखि शुरु हुँदैछन् । नेपालले छनौट चरणको पहिलो खेल जुलाई १० मा अमेरीकासँग खेल्ने छ ।