Thaha

Saturday 27 April - 1:00 pm NST

​महिला बिश्वकप फुटवलको उपाधि अमेरीकालाई


काठमाण्डौं असार २१ । महिला बिश्वकप फुटवलको उपाधि अमेरीकाले जितेको छ । गएराती भएको खेलमा जापानलाई ५–२ गोल अन्तरले पराजित गर्दै अमेरीकाले उपाधि जितेको हो ।

अमेरीकाको जितमा कम्पतान लेयार्डले ह्याट्रिक पुरा गरिन । उनेले खेलको तेस्रो, पाँचौ र सोह्रौ मिनेटमा गोल गरिन् । यस्तै अमेरीकाको लागि होलिडेले १४ औ र हेथेले ५४ औ मिनेटमा एक–एक गोल गरे ।

जपानका लागि ओगिमीले २७ औ मिनेमा एक गोल गरिन् । अमेरीकाकी जोन्सटनले ५२ औ मिनेटमा आत्मघाती गोल गरेपछि  जापानको खातामा दोस्रो गोल थपिए पनि जितकालागि पर्याप्त हुन सकेन ।