Thaha

Saturday 27 April - 4:29 pm NST

कोपा अमेरिकाको उपाधि भिडन्त आज राति

काठमाडौं, असार १९। कोपा अमेरिका फुटबलको उपाधि भिडन्त आज राति हुँदैछ । नेपाली समय अनुसार राति पौने २ बजे शुरु हुने खेलमा आयोजक चिली र अर्जेन्टिनाबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको सेमिफाइनलमा पाराग्वेलाई ६–१ गोललेले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो भने पेरुलाई २–१ ले पाखा लगाउँदै आयोजक चिलीले अन्तिम दुईमा ठाउँ बनाएको हो ।

चारपटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको चिलीका लागि घरेलु दर्शकको समर्थनका बीच पहिलोपटक उपाधि उचाल्ने अवसर छ । १४ पटकको उपाधि बिजेता भएपनि २२ बर्षदेखि उपधि जित्न नसकेको अर्जेन्टिना पनि यसपटक उपाधि लिएर घर फर्कन चाहन्छ । अर्जेन्टिनाले सन् १९९३ यता कोपा अमेरिकाको उपाधि जितेको छैन ।

यसअघि आज विहान तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा पाराग्वेलाई २–० गोलले हराउँदै पेरु बिजयी भएको छ । पेरुको जितका लागि ४८ औं मिनेटमा आन्द्रेइ मार्टिन कारिल्लो र ८९ औं मिनेटमा पाउलो गुइरेरोले गोल गरेका थिए ।