Thaha

Friday 19 April - 3:27 pm NST

सोलार ईम्पल्स सफलतातर्फ


काठमाडौ,१९ असार ।

सौर्य उर्जाबाट चल्ने विमान सोलार इम्पल्स कीर्तिमानी उडान गर्दै अमेरिकाको हवाईमा सफलतापूर्वक अवतरण भएको छ । विश्वकै ठूलो प्रशान्त महासागर पार गर्न कठिन मानिए पनि सोलार इम्पल्सले सफलतापूर्वक पार गरेको छ ।

सो विमान आन्द्रे बसबर्गले उडाएका थिए । उनले दिनरातसम्म लगातार ८ हजार ८ सय किलोमिटर लामो दुरीसम्म विमान उडाउने कीर्तिमान समेत बनाएका छन् । इन्धनको सट्टा सौर्य उर्जाबाट विश्वभर विमान उडाउन अबुधाबीबाट सुरु भएको थियो ।

स्वीस पाइलटद्वय बर्नार्ड पिकार्ड र आन्द्रे बर्सबर्गले पालैपालो १२ चरणमा विमान उडाउँदै पुनः अबुधाबीमै फर्कियर यात्रा टुंग्याउने छन् । विमान बनाउने कम्पनिका मालिक समेत रहेका यी स्वीस पाइलटहरुले वातावरण प्रदुषण गराउने पुराना प्रविधिको प्रयोगमा कमि ल्याउने सन्देश दिन यस्तो अभियान चलाएको बताएका छन् ।