Thaha

Friday 19 April - 11:45 am NST

सर्तको बिपक्षमा मतदान गर्नुस – प्रधानमन्त्री सिप्रास

काठमाडौ,१९ असार ।
ग्रिसका प्रधानमन्त्री एलेक्सीस सिप्रासले ऋण मिनाहाका लागि अन्तराष्ट्रिय दाताहरुले राखेको सर्तको विपक्षमा मतदान गर्न देशबासीलाई अपिल गर्नुभएको छ । दाताहरुले राखेको सर्त मान्ने की नमान्ने भनेर निर्णय लिन भोली ग्रिसमा जनमत संग्रह हुँदैछ ।

जनमत संग्रह हुनुभन्दा अघि भएको ¥यालीलाई सम्वोधन गर्दै प्रधानमन्त्री सिप्रासले आम देशवासीलाई सर्तहरु अस्वीकार गर्न अपिल गर्नुभएको हो । दाता राष्ट्रहरुले सर्तहरु राखेर ग्रिसलाई ब्ल्याकमेल गरेको उहाँको भनाइ छ ।