Thaha

Friday 19 April - 5:10 am NST

चीनमा भुकम्प, ४ जनाको मृत्यु

काठमाण्डौं असार १८ । चीनमा आज बिहान बिहान गएको भुकम्पमा ४ जनाको मृत्यु भएको छ । अन्य ४८ जना घाइते भएका छन् ।

चीनको दक्षिण प्रान्तको सिन्जियाङको होतान सहरभन्दा १ सय ६० किलोमिटर उत्तरपश्चिम केन्द्र भएर आज बिहान  ६ दशमलब ५ रेक्टर स्केलको भुकम्प गएको थियो ।

ठुलो भुकम्प गएपछि पनि त्यस क्षेत्रमा पराकम्पनहरु गइरहेको चिनीया समाचार सस्था सिन्ह्राले जनाएको छ ।