Thaha

Monday 29 April - 3:54 am NST

नेदरल्याण्ड बिरुद्ध नेपालको खेल प्रतिष्ठाका लागि मात्र

काठमाडौ, १९ असार । 

लगातार तिन खेलमा हार बेहोरेर श्रृखला गुमाईसकेको नेपालले टि–ट्वान्टी क्रिकेटमा आज नेदरल्यान्ड बिरुद्ध अन्तिम खेल खेल्दैछ । चार खेलकोे श्रृंखलामा ३–० ले पछि परिसकेको नेपाल आज राती हुने खेलमा सान्त्वना जितको खोजिमा छ ।

नेपालले पहिलो खेलमा १८ रन, दोस्रोे खेलमा १ सय ३ रन र तेस्रो खेलमा पनी १८ रनको हार व्यहोरेको थियो । नेदरल्यान्ड्स विरुद्धको श्रृंखला सकिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली टी–ट्वेन्टी विश्वकप छनोट प्रतियोगिता खेल्न आयरल्यान्ड जानेछ ।

छनोट चरणमा नेपालले पहिलो खेल जुलाई १० मा अमेरीका बिरुद्ध खेल्ने छ ।