Thaha

Friday 26 April - 6:53 am NST

नेदरल्यान्डस्सँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा ।।


काठमाण्डौं, साउन १९ । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत् यही महिना नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीका प्रतिनिधि ब्याङकेटपती राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले आज १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा कप्तान खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र सागर पुन छन् । त्यस्तै, विनोद भण्डारी, राजु रिजाल, करण केसी, अनिल मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजेश पुलामी मगर र सुनिल धमलासमेत टोलीमा अटाएका छन् ।

नेपालले यही साउन २९ र ३१ गते नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा दुई खेल खेल्नेछ । नेपाल क्रिकेट संघ निलम्बनमा परेको अवस्थामा आइसीसीले प्रतिनिधि पठाएर राष्ट्रिय टोलीको छनोट गरेको हो ।