टर्कीमा सैन्य कु असफल
काठमाण्डौं, साउन १ । टर्कीको इस्तानबुलमा सेनाको एक समूहले गरेको सैन्य ‘कु’ को प्रयास असफल भएको छ । कूको प्रयास असफल भएपछि सैनिकहरुले टाउकोमा हात राखेर आत्मसमर्पण गरे । आत्मसमर्पण गरेका सैनिकहरुलाई राष्ट्रपती रैश्यप तैयप एर्दोगानका समर्थकहरुले उनीहरुका धुलाई गरेका छन् । टर्कीका प्रधानमन्त्री यिलदिरिम ले अहिले स्थिती पूर्ण रुपमा नियन्त्रणमा रहेको बताउनुभएको छ । सेनाको समूहले सत्ता हत्याउने प्रयास गरेपछि राजधानी अंकारामा रातभर झडप भएको थियो । त्यसक्रममा १ सय ६१ जना मारिएको, १ हजार ४ सय ४० जना घाईते भएको र २ हजार ८ सय जना बागि सैनिकलाई पक्राउ गरिएको प्रधानमन्त्री यिलदिरिमले बताउनुभयो ।
सैन्य कु असफल भएपछि के भयो टर्कीमा,
तस्वीर: बिबिसी