Thaha

Saturday 27 April - 6:01 am NST

कोपा अमेरिका फुटबलको उपाधि चिलीलाई


काठमाडौं, १३ असार । 
डिफेण्डिङ च्याम्पियन चिलीले लागातार दोस्रो पटक कोपा अमेरिका फुटबलको उपाधि हात पारेको छ । केहीबेर अघि सम्पन्न खेलमा १४ पटकको उपाधि बिजेता अर्जेन्टिनालाई टाइब्रेकरमा २ का विरुद्ध ४ गोलले पराजित गर्दै चिलीले उपाधि जितेको हो । निर्धारित ९० मिनेट र त्यसपछि थप गरिएको ३० मिनेटको समय पनि गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

अर्जेन्टिनाका लियोनेल मेसी र लुकास रोड्रिगोले गोल गर्न सकेनन् । मेसीको प्रहार बाहिरियो भने रोड्रिगोको बल चीलीका गोलकिपरले रोकेका थिए । प्रतियोगिताको अघिल्लो संस्करणमा पनि चीलीले अर्जेन्टिनालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै उपाधि जितेको थियो । खेलको पहिलो हाफमा दुबै टिमका एक एक खेलाडी रातो कार्ड पाएर मैदान बाहिरिएपछि १० खेलाडीमा सिमिति भएका थिए ।