Thaha

Monday 29 April - 2:47 am NST

ललितकृण्ण मेमोरियल कप फुटबल प्रतियोगिता सुरु

काठमाण्डौं, जेठ २९ । एकवर्ष अघि दिवंगत भएका अखिल नेपाल फुटबल संघ एन्फाका तत्कालीन कार्यबाहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा आजदेखी १८ वर्ष मूनिको ललितकृण्ण मेमोरियल कप फूटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फूटबल संघ एन्फाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन समारोहका वीच एन्फा कम्प्लेक्सको प्रांगणमा श्रेष्ठको प्रतिमा अनावरण समेत गरियो । गतवर्ष आजकै दिन ललितपुरको भैंसेपाटिस्थित नवनिर्मित घरमा सर्ने क्रममा श्रेष्ठको करेन्ट लागेर निधन भएको थियो ।

आजदेखी सुरु भएको ललितकृण्ण मेमोरियल कप फूटबल प्रतियोगिताको उद्घाटन खेलमा मनाङ–मर्स्याङ्दी क्लब र सशस्त्र प्रहरी बलको एपीएफले २–२ गोलको बराबरी खेलेका छन् । प्रतियोगितामा सहभागी १२ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा बाँडिएको छ । समूह ए मा एपीएफ, मनाङ्ग र झापा–११, समूह बीमा जावलाखेल युथ क्लब, आर्मी र लुम्बिनी फूटबल क्लब, समूह सीमा संकटा, थ्रीस्टार र सुदूरपश्चिम फूटबल क्लब तथा समूह डी मा नेपाल पुलिस, सरस्वती युथ क्लब र मोरङ्ग फुटबल क्लब छन् ।

असार ११ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैंया पुरस्कार पाउनेछ । यस्तै उत्कृष्ट डिफेन्डर, स्ट्राईकर, मिडफिल्डर, गोलकिपर र प्रशिक्षकलाई जनही १५ हजार रुपैंया प्रदान गरिने एन्फाले जनाएको छ ।