Thaha

Sunday 28 April - 4:36 am NST

ठगीको आरोपमा आईटिएफ नेपालका उपाध्यक्ष गिरी पक्राउ

काठमाण्डौं, जेठ २७ । अन्तर्राष्ट्रिय तेक्वान्दो फेडेरेसन (आइटिएफ) नेपालका उपाध्यक्ष चेतनराज गिरीलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । लाखौं रुपैंया लिएर आईटिएफको नक्कली कागजात बनाएर गैरखेलाडीलाई अन्तराष्ट्रिय खेलहरुमा सहभागी गराएको भन्दै जुम्लाको चन्दनाथ नगरपालीका—१४ घर भएका गिरीलाई अपराध महाशाखाको टोलीले त्रिपुरेस्वरबाट पक्रेको हो । गिरी नेपाल तेक्वान्दो महासंघ ईन्टरनेशनलको उपाध्यक्ष तथा रग्वी संघको महासचिव रहेका छन् ।

गिरीले कोरीया पठाईदिने भनि म्याग्दी घर भएका ५३ को टेकप्रसाद लामगाडेसँग १ लाख र दिपक सुनारसँग २ लाख ६० हजार लिएर सम्पर्कवहीन भएको भनी परेको उजुरीका आधारमा गिरीलाई पक्रेको महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार गिरीले साढे ७ लाख रुपैंया लिएर झापा घर भएका राजेन्द्र दवाडीलाई समेत आइटिएफ को नक्कली कार्ड बनाई तेक्वान्दो खेलाडी बनाएर लण्डन पठाएकोमा नक्कली कागजात भन्ने थाहा पाएपछि लण्डन एयरपोर्टबाट फिर्ता भएको उजुरी पनि महाशाखामा परेको थियो ।

गिरीले न्युजिल्याण्ड, ईंग्ल्याण्ड, चिन र क्यानडामा भएको तेक्वान्दो विश्वकपमा समेत रेफ्रीको भुमिका निर्वाह गरेका थिए । उनलाई अहिले ठगी मुद्दामा आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ राखिएको छ ।