Thaha

Friday 26 April - 5:01 pm NST

आइपीएल क्रिकेटमा गएराती कोलकातासंग पंजाब पराजित


काठमाडौं, ८ वैशाख । इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा गएराति कोलकाता नाइट राइडर्सले किंग्स इलाभेन पञ्जावलाई ६ विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ थालेको पंजावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो । उसका लागि सन मार्सले अविजित ५६, मुरली बिजयले २६ र केल एबटले १२ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । जवाफी ब्याटिङ थालेको कोलकाताले १७ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य पार ग¥यो । उसका लागि रोबिन उथप्पाले सर्वाधिक ५३ र कप्तान गौतम गाम्भिरले ३४ रन बनाए । जितसँगै ६ अंक जोडको कोलकाता अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने पंजाव २ अंकसहित तालिकाको पुच्छारमा छ । प्रतियोगिता अन्तर्गत आज मुम्बइ इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुनेछ ।