Thaha

Friday 26 April - 2:23 pm NST

प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्यामिपयनसीपको उपाधिका लागि नेपाल र श्रीलंका भिड्दै


काठमाण्डौ., २० चैत । 


प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्यामिपयनसीपको उपाधिका लागि नेपाल आज श्रीलंकासँग भिड्दैछ । खेल त्रिपुरेश्वरको कभर्डहलमा दिउँसो ४ बजे सुरु हुनेछ । यसअघि खेलेका तीनै खेलमा जित हात पारेको नेपाल ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । समान अंकसहित दोस्रो स्थानमा रहेको श्रीलंकाले पनि तीनै खेल जितेको छ । दक्षिण एशियाली बास्केटबलमा भारतपछिको बलियो टिम श्रीलंका भएकाले आजको खेल जित्नु नेपाली टोलीका लागि निकै ठूलो चुनौती रहेको छ ।

झण्डै १८ महिना अघि दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एशियाली खेलकुदबाट अन्तर्राष्ट्रिय यात्रा थालेको नेपाली महिला बास्केटबल टोलीमा अनुभवको पनि  कमी छ । तर नेपाली टोलीका प्रशिक्षक विकाश शाहीले लगातारको जितका कारण खेलाडीको मनोबल उच्च रहेकाले आजको प्रतिष्पर्धामा एतिहासिक जित हात पार्ने दावी गर्नुभएको छ ।