Thaha

Saturday 27 April - 4:43 am NST

रुपन्देही एघारा सिमरा गोल्डकपको क्वाटरफाईनलमा

काठमाण्डौं, फागुन २३ । रुपन्देही  एघार बाराको सिमरामा जारी सिमरा गोल्डकप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आज सशस्त्र प्रहरीको एपीएफ क्लबलाई एकका विरुद्ध दुई गोलले हराउँदै रुपन्देही—एघार क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

निर्धारित समय एकएक गोलको बराबरीमा सकिएपछि थपिएको समयमा दोस्रो गोल गर्दै रुपन्देहीले खेल जित्यो । गणेश लावतीको गोलमा अग्रता लिएपनि एपीएफले त्यसलाई जोगाउन सकेन र अतिरिक्त समयमा हार बेहो¥यो । रुपन्देहीका लागि म्यान अफ दी म्याच योगेश गुरुङले बराबरी र बुद्ध चेम्जोङले विजयी गोल गरे ।

रुपन्देहीले अब मनाङ मस्र्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । भोलि थ्रीस्टार क्लब र त्रिभुवन आर्मी भिड्नेछन् ।