Thaha

Saturday 27 April - 4:56 am NST

फिफाको अध्यक्षमा जियानी


काठमाण्डौं, फागुन १४ । विश्व फुटबल महासंघ फिफा अध्यक्षमा जियानी ईन्फान्टिनो विजयी हुनुभएको छ । स्वीट्जरल्याण्डका ईन्फान्टिनो आफ्ना ३ जना प्रतिद्धन्दीलाई पराजित गर्दै फिफाको अध्यक्ष निर्वाचित हुनुभएको हो ।

उहाँले १ सय १५ मत ल्याउंदा एएफसीका अध्यक्ष शेख सलमान बिन ईब्राहिम अल खालीफा १ सय ४२ मत ल्याउनुभएको थियो । स्विट्जरल्याण्डको ज्युरिचमा हिजो निर्वाचन भएको थियो ।

फिफाको अध्यक्षका लागि जोर्डनका राजकुमार अली बिन अल हुसेन, फ्रान्सका जेरोमी स्याम्पेन र दक्षिण अफ्रिकाका टोक्यो सेक्सवेलले प्रतिस्पर्धा गरेका थिए ।