Thaha

Sunday 28 April - 4:45 am NST

टर्किमा भएको शक्तिशाली विष्फोटमा २८ जनाको मृत्यु


काठमाडौं, ६ फागुन । टर्कीमा भएको शक्तिशाली बिस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । राजधानी अंकारामा भएको बिस्फोटमा अन्य ६१ जना घाइते भएका छन् । सेनाको गाडीलाई लक्षित गरी सैनिक मुख्यालय नजिकै बिस्फोट भएको स्थानीय संचारमाध्यामले जनाएका छन् । बिस्फोटको आवाज पुरै शहरभरी सुनिएको थियो । प्रधानमन्त्री अहमद दाबुतोग्लुले घटनाबारे बारे जाँच भइरहेको बताउनुभएको छ । अहिलेसम्म घटनाको जिम्मेबारी कसैले लिएको छैन ।  घटनालगत्तै प्रधानमन्त्रीले दाबुतोग्लुले आजका लागि तय भएको आफ्नो बेल्जियम भ्रमण र राष्ट्रपति रिसेप तैइप इर्डाेगानले आफ्नो अजरवैजनको भ्रमण स्थगित गरेको बीबीसीले जनाएको छ ।