Thaha

Saturday 27 April - 11:05 am NST

आइएसका शीर्ष कमाण्डरले लिबियामा शरण लिइरहेको खुलासा


काठमाडौं, २१ माघ । इराक र सिरियामा सक्रिय बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका उच्च कमाण्डरले लिबियामा शरण लिने गरेको खुलासा भएको छ । लिबियाको गुप्तचर अधिकारीहरुका अनुसार थुप्रै विदेशी लडाकु लिबियाको सिरते शहरमा पुगेका छन् ।  आइएसले सिरते शहर गएको वर्ष नियन्त्रणमा लिएको थियो । लिबियामा आइएसको बढ्दो खतराका विषयमा छलफल गर्न अमेरिका र बेलयातसहित विभिन्न २३ देशका प्रतिनिधि इटालीको रोममा भेला भएका छन् । लिबियामा जारी राजनीतिक अस्थिरताका कारण आइएस विरुद्ध कडा कारवाही अभियान सुरु हुन सकेको छैन । सिरते लिबियाका पूर्व शासक मुअम्मर गद्दाफीको गृहनगर रहेको र आइएसलाई गद्दाफीका समर्थकको साथ मिलेको आशंका गरिएको बीबीसीले उल्लेख गरेको छ ।