Thaha

Thursday 02 May - 3:15 am NST

खेलकुद विश्वविद्यालय बनाउन युवा संघको माग

काठमाडौं १२ मंसिर । युवा संघ नेपालले खेलकूद विश्व विद्यालय बनाउन सरकारसँग माग गरेको छ । 
संघका अध्यक्ष राजीव पहारीको नेतृत्वमा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललाई भेट्न पुगेको टोलीले पैतीस बुँदे ज्ञापनपत्र बुझाउँदै युवाहरुको उचित व्यवस्थापन गर्न तत्कालीन र दीर्घकालीन माग पेस गरेको हो । पैतीस बुँदे सुझावको पहिलो बुँदामा खेलकुद विश्वविद्यालयको स्थापना गर्न माग गरिएको छ । यस्तै, एक निर्वाचन क्षेत्र एक खेलकुद मैदान, बेरोजगार भतालाई अनिवार्य, एक युवा एक रोजगारी, हरेक उत्पादनशील क्षेत्रमा युवाको सहभागिता अनिवार्य गर्नुपर्ने लगायत विषय समेटिएका छन् । दीर्घकालमा पूरा गर्नुपर्ने मागअन्तर्गत नीति निर्माणमा सहभागिता बढाउनुपर्ने, आन्दोलनमा लागेका युवाहरुको संग्रहलाय बनाउनुपर्ने, युवाहरुलाई शिक्षा, स्वास्थ्य र मनोरञ्जनमा ५० प्रतिशत छुट हुनुपर्ने र उपत्यकामा पाच वटा युथपार्क वनाउनुपर्ने लगायत विषय समेटिएका छन् । 
ज्ञापनपत्र बुझ्दै मन्त्री मण्डलले मागहरु जायज रहेकोले सरकारले क्षमताअनुसार सम्बोधन गर्दै जाने आश्वासन दिनुभयो ।