Thaha

Friday 26 April - 11:31 am NST

अशोक सिंघल अब रहनेनन्

काठमाण्डौं, मंसीर १ । विश्व हिन्दु परिषद्का वरिष्ठ नेता अशोक सिंघलको निधन भएको  छ । उहाँको ८९ बर्षको उमेरमा आज दिउँसो भारतको गुडगाउँस्थित मेदान्त अस्पतालमा निधन भएको समाचार संस्था पीटीआईले जनाएको छ ।

अस्वस्थ भएपछि उहाँलाई गत शनिवार गम्भिर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । दशकौंदेखी हिन्दुत्व विचारधाराको मुख्य प्रतिनीधि रहदै आएका नेता सिंघलले बनारस हिन्दु विश्वविद्यालयमा ईन्जिनियरिङ्गको अध्ययन गर्नुभएको थियो ।

राष्ट्रिय स्वयंसेवक संघका प्रचारक र विश्व हिन्दु परिषदका मुख्य नेताको भुमिका निर्वाह गर्नुभएका सिंघलले १९८० को दशकमा अयोध्यामा राममन्दिर बनाउनका लागि चलाईएको अभियानको नेतृत्व गर्दै विभिन्न देशमा पुगेर समर्थन र आर्थिक सहयोग जुटाउनुभएको थियो ।