Thaha

Sunday 28 April - 11:42 am NST

ग्वाटेमालामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५६ पुग्यो

काठमाडौं,१७ असोज । ग्वाटेमालामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५६ पुगेको छ । अरु ३ सय ५० जना अझै बेपक्ता छन् ।  ग्वाटेमाला सिटीको दक्षिणपूर्वी क्षेत्र सान्टा कटरिना पिनुलामा लगातारको वर्षासँगै गएको पहिरोले एक सय २५ घर पुरेको बीबीसीले जनाएको छ ।

राजधानी ग्वाटेमालाको बाहिरी क्षेत्रमा गएको पहिरोमा परी हराइरहेकाको खोजी तथा उद्धारमा सयौं उद्धारकर्मी खटिएको त्यहाँको आपदकालिन सेवा विभागले जनाएको छ । त्यसक्रममा २०० भन्दा बढिको उद्धार गरिएको छ । यसअघि त्यहाका अधिकारीले ९ जनाको मृत्यु भएको बताएका थिए ।