Thaha

Friday 26 April - 7:09 am NST

पाकिस्तानले स्वतन्त्रता दिवस मनाउदै

काठमाण्डौ २९ साउन । पाकिस्तानले आज ६९ औं स्वतन्त्रता दिवस मनाउदै छ । स्वतन्त्रता दिवसको अवसरमा अप्रिय घटना हुन नपाओस भनेर पाकिस्तानले मोबाईल सेवा बन्द गराएको छ । 
राजधानी ईस्लामाबादमा कडा सुरक्षा व्यवस्थासँगै सबै मोबाईल कम्पनिहरुको सेवा बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्मका लागि बन्द गरिएको बिबिसीले जनाएको छ ।पाकिस्तानमा बिद्रोहि समुह तालिवानले आपराधिक गतिबिधि सन्चालन गर्दै आएको छ । 


यसैबीच स्वतन्त्रता दिवसलाई मध्यनजर गर्दै भारतले सुरक्षा व्यवस्था थप कडा पारेको छ । भारतले भोली ६९ आँै स्वतन्त्रता दिवस मनाउँदैछ । देशका सबै ठुला शहरहरुमा सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरुले बताएका छन् । राजधानी दिल्लीका सबै मेट्रो स्टेशनको पार्किङ्ग आज र भोली दुई दिन बन्द हुने भएका छन् । दिल्ली मेट्रो रेल कर्पोरेशनले आज बेलुकी ६ बजेदेखि भोली दिउँसो दुई बजेसम्म मेट्रो स्टेशनको पार्किङ्ग बन्द गरिने जनाएको छ । 

ब्रिटिश शासनको अन्त्य र स्वतन्त्र राज्य स्थापना भएको दिनको संझनामा भारत र पाकिस्तानले स्वतान्त्रता दिवस मनाउदै आएका छन् । सन् १९४७ अगष्ट १४ मा पाकिस्तान र अगष्ट १५ मा भारतलाई ब्रिटिस सरकारले स्वतन्त्र मुलुक घोषणा गरेको थियो ।

‘मेरो मृत्युसँगै भारत विभाजन हुनेछ’ भन्ने अंहिशाबादी नेता महात्मा गान्धिको सिंगो भारतलाई यथावत राख्ने चाहाना तुहाउदै ब्रिटिस सरकारले भारत र पाकिस्तानलाई अलग–अलग राष्ट्रको रुपमा बिभाजन गरेको थियो । 
 

फोटो – बिबिसि हिन्दी