Thaha

Saturday 27 April - 2:21 am NST

तालिवानमा नेतृत्वको बिबाद


काठमाण्डौ १६ साउन । तालिवानका सर्बोच्च नेता मुल्ला मोहम्मद उमरको मृत्यु पछि नयाँ नेतृत्वका विषयमा बिबाद बढेको छ । तालिवानको नेतृत्व परिषदले मुल्ला अख्तर मोहम्मद मन्सुरलाई नया प्रमुख नियुत्त गरेपछि तालिवानमा नेतृत्वको विषयमा असन्तुष्टि बढेको छ । 

अन्य सिनियर व्यक्तिहरुलाई बेवास्ता गर्दै मन्सुरलाई नियुक्त गरेको भन्दै तालिवानका कयौ नेता असन्तुष्ट भएका छन् । असन्तुष्टहरुले नेतृत्वको विषयमा छलफल गर्न नेतृत्व परिषदको बैठक बोलाउन माग गरेका छन् । 

बैठक बोलाएर बहुमत सदस्यको मतको आधारमा नेतृतव चयन गर्नपर्ने असन्तुष्टहरुले तर्क गरेको बिबिसिले लेखेको छ । तालिवान पाकिस्तानको बिद्रोहि समुह हो ।