Thaha

Sunday 28 April - 3:28 am NST

ब्लाटरलाई नोबेल पुरस्कार दिन माग

काठमाडौं, १२ साउन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय फुटबल महासंघ –फिफा)का अध्यक्ष सेप ब्लाटरलाई नोबेल पुरस्कार दिन माग गर्नुभएको छ । ब्लाटरले विश्व खेलजगत्मा पु¥याएको योगदानको कदर गर्दै नोबेल पुरस्कार दिनुपर्ने उहाँको भनाई छ ।

स्वीटजरल्याण्डको एक टेलिभिजन अन्तर्वार्तामा पुटिनले विश्व खेलकुदमा उच्चपदस्थ व्यक्तिलाई विशेष सम्मान दिनुपर्ने भन्दै ब्लाटर नोबेल पुरस्कारको असली हकदार ब्लाटर भएको तर्क गर्नुभएको हो । भ्रष्टाचारको आरोपमा फिफाका झन्डै एक दर्जन उच्च अधिकारीमाथि अमेरिकामा छानवीन चलिरहेको बेला पुटिनको यो भनाई बाहिर आएको हो ।
सन् २०१८को विश्वकप फुटबल रुसमा गर्ने अनुमति दिँदा पनि भ्रष्टाचार भएको आशंका गरिएको छ ।