Thaha

Saturday 01 June - 6:29 am NST

इन्द्रमायाको देशमा


काठमाडौँ, ९ साउन। 


कथाकार एलबि क्षेत्रीको तेस्रो साहित्यिक कृति इन्द्रमायाको देशमा(कथा संग्रह) शनिबार विमोचित भएको छ। 


पुस्तकको विमोचन गर्दै वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले साहित्यले राष्ट्रलाई उचाइमा पु¥याउने मात्र नभई राष्ट्रिय भाव जागृत गराउने भएकाले यसको महत्वलाई सबैले बुझ्नु जरुरी रहेको बताए। उनले मातृभाषामा जतिसुकै राम्रो साहित्य सिर्जना गरे पनि त्यसले विश्वमा पहिचान राख्न नसक्ने भएकाले त्यसलाई अङ्ग्रेजी भाषामा अनुवाद गर्न सकिएमा नेपाली साहित्यिक कृतिहरुले पनि अन्तर्रा्ष्ट्रिय साहित्यिक जगतमा अलग्गै पहिचान राख्न सक्ने बताए।


कथाकार क्षेत्रीले साहित्यको सम्मान नहुने मुलुकले प्रगतिको बाटो पहिल्याउन नसक्ने धारणा राखे।  क्षेत्रीले पनि नेपाली साहित्यको अनुवाद अपरिहार्यरहेको बताए। ठट्टा गर्दै उनले भने, 'अनुवाद साहित्यका धुरन्धरहरुले तत्काल काम थालुन्। र, मेरैबाट शुरु गरुन्।'

सो अवसरमा समालोचक डा. लक्ष्मीप्रसाद गौतम, कथाकार नयनराज पाण्डे, श्रीओम श्रेष्ठ ‘रोदन’ र मनीषा गौचनले पनि कथाकार क्षेत्रीको कृतिबारे बोलेका थिए। 


क्षेत्रीकृत त्रिशङ्कुको देशमा(लघुकथा) र भीडमा हराएको मान्छे (कविता) यसअघि नै प्रकाशित छन्।


कविडाँडा साहित्य समाज चितवनको आयोजनामा भएको सो समारोहमा संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गरिएको थियो।