Thaha

Sunday 18 October - 11:45 pm NST

देवकीको विशेष प्रदर्शन


काठमाडौँ, जेठ ४ । 


सुदुर पश्चिममा व्याप्त देउकी प्रथाको बारेमा निर्माण गरिएको वृत्तचित्र देवकी: इन सर्च अफ देवी को विशेष प्रदर्शन भएको छ। पत्रकार देवकी विष्टद्वारा निर्देशित वृत्तचित्र मंगलबार बागबजारको सिटी म्याक्स हलमा पत्रकार तथा लेखकहरुमाझ प्रदर्शन गरिएको हो। 

मण्डला अनलाइन नेपालले निमार्ण गरेको वृत्तचित्रमा सुदुरपश्चिमका जिल्लाहरुमा जारी धर्मका नाममा देउकी चढाउने बिसंगतिलाई उजागर गरिएको छ। नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न शक्तिपिठ र महादेवका मन्दिरमा देउकी अर्थात किशोरीहरु देविका नाममा चढाउने चलन छ। अहिले पनि लुकिछिपी देउकी चढाइँदै आएको तथ्य वृत्तचित्रमा देखाईएको छ। 

धर्मका नाममा समाजकै एउटा वर्गले एउटा गरिबकी छोरी किनेर कसरी ढुङ्गाको मुर्तिसँग जीवन जीउन बाध्य बनाउछ भन्ने तथ्य समेटेर वृत्तचित्र निर्माण गरिएको निर्देशक विष्टले जानकारी दिइन् । यो चलन हटाउन वृत्तचित्रले सहयोगि भूमिका खेल्ने उनको अपेक्षा छ।

                    
देवकी...प्रोमो हेर्नुहोस्।