Thaha

Saturday 20 April - 3:14 pm NST

पत्रकार दुर्गालाल केसी पुरस्कृत

काठमाडौं, २१ फागुन । यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार दाङका पत्रकार दुर्गालाल केसीलाई दिइएको छ । 
शुक्रबार काठमाडौंका एक कार्यक्रमका बीच पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले केसीलाई यदु स्मृति पुरस्कार वितरण गर्नुभएको हो । उहाँले १५ हजार रुपैयाँ र ताम्रपत्र प्राप्त गर्नुभयो । केसी कान्तिपुर पत्रिकाका दाङ सम्वाददाता हुनुहुन्छ । यदु स्मृति प्रतिष्ठानले स्थापना गरेको यो पुरस्कार यसअघि १३ जना पत्रकार सम्मानित भइरकेका छन् ।