Thaha

Saturday 20 April - 5:36 am NST

बैतडीमा पनि गाडी दुर्घटना ३ को मृत्यु १४ घाईते

काठमाण्डौं, साउन ३१ । बैतडीमा पनि आज दिउँसो बस दुर्घटना हुंदा ३ जनाको मृत्यु भएको छ । अन्य १४ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

धनगढीबाट बझाङतर्फ जाँदै गरेको ना ५ ख २८३२ नम्बरको बस बैतडीको सिद्धेश्वर—३ बृन्दावनमा दिउँसो ३ बजेतीर दुर्घटना भएको हो । मृतक २ महिला र १ पुरुषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाईतेहरुलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डढेल्धुरा लगिएको छ ।

बस सडकबाट करीब डेढ सयमिटर तल खसेको प्रहरीले जनाएको छ ।