Thaha

Wednesday 24 April - 8:14 pm NST

शरणामतीमा भुस्याहा कुकुरको समस्या रेविजका कारण एकको मृत्यु, पाँच सिकिस्त

चिरञ्जिबी घिमिरे, दमक,

साउन २७ । भुस्याहा कुकुरको टोकाइबाट झापाको शरणामती गाविसमा एक वालकको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा शरणामती–९ निवासी डिल्लीराम चुडालका ६ वर्षीय छोरा संस्कार चुडाल रहेका छन् ।

कुकुरको टोकाईबाट घाइते हुनेमा सोही ठाउँ निवासी खीना सुवेदीकी ५ वर्षीय छोरा दीप सुवेदी, नेत्र सिटौलाका ६ वर्षीय छोरा प्रिन्स सिटौला, पवन दत्तका ४ वर्षीय छोरा र ५० वर्षीय चत्रबहादुर माझी रहेका छन् । त्यस्तै कुमारी माझीका छोरा रेविज लागेको सुगुरले टोकेर घाइते भएका छन् ।

कुकुरले टोकेपछि बालकलाई झारफुक गर्न लगिएको र रेविजले ग्रस्त बनाएपछि मात्र अस्पताल पु¥याइएको बताइएको छ । बालकलाई गत बैशाखमा कुकुरले टोकेको थियो । कुकुरले टोके लगत्तै वालकलाई झारफुक गर्न लगेको र निको नभएपछि उनलाई बिर्तामोडस्थित वीएनसी मेडिकल कलेज र धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिपष्ठान पु¥याइएको बताइएको छ ।

गत चैत्र महिनादेखि शरणामती गाविसको मदरगाछ बजार आसपासमा भुस्याहा कुकुरले दुःख दिने गरेको स्थानीयबासीको भनाई छ ।