Thaha

Friday 19 April - 2:15 pm NST

उत्तरी फ्रान्समा एउटा बारमा आगलागी १३ जनाको मृत्यु ६ जना घाईते


काठमाडौं, साउन २२ गते । उत्तरी फ्रान्सको रुआन शहरमा एउटा बारमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छ्न ।  ला क्यूबा लिबरे बारमा जन्मदिनको पार्टी भईरहेका बेला बारको भूँईतलाबाट आगो सल्किएको गृहमन्त्रालयले जनाएको छ । आगो निभाउनका लागि ५० जना भन्दा बढी अग्नि नियन्त्रक खटाईएको बिबिसीले जनाएको छ । जन्मदिनको केकमा बालिएको मैनबत्तीबाट आगो सल्किएको अनुमान गरिएको छ । घटनामा मृत्यु हुने र घाईतेहरु १८ देखि २५ वर्षका रहेको बताईएको छ । आगलागी पछि विषाक्त धुँवाका कारण निसास्सिएर उनीहरुको मृत्युभएको हुनसक्ने अनुमान गरिएको छ ।