Thaha

Friday 19 April - 9:13 pm NST

प्रधानमन्त्री प्रचण्डको दिनगन्ती सुरु डा भट्टराईको टिप्पणी


काठमाडौं, साउन २२ गते । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै दिनबाट दिन गन्ती शुरु भएको बताउनुभएको छ । आज बिहान झापाको बिर्तामोडमा पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रचण्डले यस्तो परिस्थितिमा मुलुकको विकास गर्न नसक्ने दावी गर्नुभयो । संयोजक भट्टराइले संसदीय प्रत्यक्ष निर्वाचित कार्यकारी नभएसम्म मुलकमा आर्थिक संमृद्धि सम्भव नभएको बताउनुभयो ।  मुलुकको पहिलो आबश्यकता भनेको विकास र संमृद्धि भएको बताउँदै भट्टराईले सत्ताको फोहोरी खेलले देशको विकास नहुने बताउनुभयो । संविधान आफैंमा अपूर्ण भएको बताउदै नेता भट्टराईले गणतन्त्र संस्थागत गर्नका लागि मात्रै आफूले संविधानमा हस्ताक्षर गरेको उल्लेख गर्नुभयो ।