Thaha

Saturday 20 April - 8:22 am NST

मोर्चा आवद्ध संघीय गठबन्धनसंग भएको सहमति कार्यान्वयनका लागि पहल सुरु


काठमाडौं, साउन २१ । प्रधानमन्त्री निर्वाचनका बेला संयुक्त लोकतान्त्रीक मधेसी मोर्चा आवद्ध संघीय गठबन्धनसंग भएको सहमति कार्यान्वयनका लागि सरकारले पहल थालेको छ । काँग्रेस, माओवादी केन्द्र र गठबन्धनबीच भएको ३ बुँदे सहमति कार्यान्वयनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा सरकारले गठबन्धनका नेताहरुसँग छलफल थालेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अभएको छलफल सहमति कार्यान्वयनका दिशामा सकारात्मक रहेको मोर्चाको एक घटक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो । सरकार गठन भईसकेपछि मोर्चाका मागबारे छलफल गर्न तदारुकता देखाउनु सकारात्मक रहेको उहाँले बताउनुभयो । सहमतिको तेश्रो बुँदा अनुसार प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफूहरुले मत दिईसकेको र बाँकी दुई बुँदाका सहमति पूरा गर्न विश्वासको वातावरण बन्दै गएको यादवको भनाई छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय गठबन्धनबीच प्रधानमन्त्रीको चुनाव अघि मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम लगायतका माग सम्बोधनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने, मधेस तथा थारु आन्दोलनका क्रममा मृत्यु भएकालाई शहिद घोषणा, पिडितलाई क्षतिपुर्ति, घाइतेको उपचार लगायत काम तत्कालै अगाडि बढाउने सम्झौता भएको थियो ।