Thaha

Friday 19 April - 2:18 am NST

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डद्धारा पदभार ग्रहण


काठमाण्डौं, साउन २० । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहण गर्नुभएको छ । उहाँले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । ६ सदस्यीय पमन्त्रिपरिषदमा दुई जना उपप्रधा तथा तीन जना मन्त्री छन । प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेसका दुई र नेकपा माओवादी केन्द्रका तीन जना मन्त्री समेटेर मन्त्रिपरिषद गठन गर्नुभएको हो ।

मन्त्रिपरिषदमा नेपाली काँग्रेसका विमलेन्द्र निधि उपप्रधान सहित गृह र माओवादी केन्द्रका कृष्णबहादुर महरालाई उपप्रधानमन्त्री सहित अर्थ मन्त्री बन्नुभएको छ । निधी प्रचण्डपछि मर्यादा क्रममा दोस्रोमा हुनुहुन्छ । त्यस्तै नेपाली काँग्रेसका रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, माओवादी केन्द्रका दलजित श्रीपाईलीले युवा तथा खेलकुद र गौरीशंकर चौधरीले कृषि मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । सरकारमा निधी, महरा र लेखक पुराना हुनुहन्छ भने श्रीपाईली र चौधरी पहिलो पटक मन्त्री बन्नुभएको हो ।

पटक पटक मन्त्री भएका महरा दोस्रो पटक उपप्रधानमन्त्री बन्नुभएको हो भने  यसअघि पटक पटक मन्त्री भएपनि निधी पहिलो पटक उपप्रधानमन्त्री बन्नुभयो । महरा रोल्पा १, निधि धनुषा ३, लेखक कञ्चनपुर ४ र चौधरी कैलाली ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । श्रीपाईली समानुपातिक सांसद् हुनुहुन्छ । 

प्रधानमन्त्री प्रचण्डले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएर पदभार ग्रहण गर्नुभयो । प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा जस्तै कोट पाईन्ट र कालो भादगाउँले टोपी लगाएर देश र जनताको नाममा शपथ लिनुभयो । प्रधानमन्त्रीले शपथ लिएपछि राष्ट्रपतिले प्रधानमन्त्रीको अरु उपप्रधानमन्त्री र मन्त्रीहरुलाई शपथ गराउनुभयो ।

काँग्रेस सभापति देउवाले मन्त्री बनाउने निर्णय गरेपनि नेता अर्जुन नरसिंह केसीले शपथ लिन अस्वीकार गर्नुभयो । केसी सहित तीन जनाले काँग्रेसबाट शपथ लिने भनिएपनि रोजेको मन्त्रालय नपाएपछि उहाँले अस्वीकार गर्नुभएको हो । सरकारको नेतृत्व निधीले पाउने भएपछि आफूले गृहमन्त्रालय पाउनु पर्ने केसीको माग छ । तर सभापति देउवाले केसीलाई स्वास्थ्य र रक्षा मध्ये एउटा रोज्न भन्नुभएको थियो ।