Thaha

Saturday 20 April - 8:59 pm NST

टोक्यो ओलम्पिकमा पाँच खेल थप्ने


काठमाण्डौं, २० साउन । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकूदमा पाँच वटा खेल थप गरेको छ । कराँते, बेसबल सप्mटबल, स्केट बोर्डिङ्ग, सर्फिङ्ग र क्लाईम्बिङ्ग गरी पाँच वटा खेल टोक्यो ओलम्पिकमा थप हुने आईओसीले जनाएको छ । आईओसीका अनुसार नयाँ खेलले टोक्यो ओलम्पिकमा यसअघि नै तय भईसकेका २८ खेल मध्ये कुनैलाई पनि प्रतिस्थापन गर्ने छैनन् । पाँच वटा खेल थप गर्न आयोजकले नै सिफारीस गरेका थिए भने आईओसीको कार्यकारी बोर्डले पनि सर्वसम्मतिले समर्थन जनाएको थियो । थपिएका खेललाई रोमान्चक र गतिशिल प्याकेजका रुपमा व्याख्या गरिएको छ  । आईओसीले युवा उन्मुख खेलको समावेशिताले नयाँ दर्शक तान्ने अपेक्षा गरिएको जनाएको छ ।  यस्तै टोक्यो ओलम्पिक आयोजक समितिका अध्यक्ष योशिरो मोरीले नयाँ खाले खेलले युवा खेलाडीको ओलम्पिक खेलमा प्रतिस्पर्धा गर्ने सपना साकार गर्न मद्धत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।