Thaha

Wednesday 24 April - 12:40 am NST

प्लाष्टिक र पोली प्रोपिलिन झोला मुक्त बनाउने गरी अभियान शुरु


काठमाण्डौं, २० साउन । सरकारले देशलाई  प्लाष्टिक र पोली प्रोपिलिन झोला मुक्त बनाउने गरी अभियान शुरु गरेको छ । मानव स्वास्थ्य, वातावरण र शहरी सौन्दर्यमा पर्ने प्रतिकूल प्रभाव रोक्नका लागि साउन १ गतेदेखि नै लागू हुने गरी प्लाष्टिक झोलामुक्त गर्ने व्यवस्था लागू गरिसकिएको छ । त्यही व्यवस्थालाई कार्यान्वयन गर्न पहिलो चरणमा जनचेतनामा जोड दिईएको छ । यसअघि काठमाण्डु महानगरपालिका सहित केही ठाउँमा प्लाष्टिक झोला मुक्त बनाउने कार्यक्रम सन्चालन गरिएकोमा अब देशैभर त्यस्तो कार्यक्रम सन्चालन गर्ने तयारी भएको हो । नेपाल भर प्लाष्टिक तथा पोली प्रोपिलिन झोलाको आयात, निर्यात, विक्री वितरण र प्रयोग गर्न नपाउने गरी जनसंख्या तथा वातावरण मन्त्रालयले कार्यविधी तयार गर्दैछ ।

जनसंख्या तथा वातावरण व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा बनेको समितिले अहिले कार्यविधीको मस्यौदा तयार गरिरहेको मन्त्रालयले जनाएको छ । शुरुमा मानिसहरुलाई प्लाष्टिकको झोला प्रयोग नगर्न सचेत गराउने र कार्यविधी बनेपछि कारवाहीको प्रक्रियामा अघि बढाउने मन्त्रालयले तयाारी गरेको छ ।