Thaha

Wednesday 24 April - 11:46 pm NST

जर्मनीको आन्सबाक शहरमा आत्मघाती आक्रमण


काठमाडौं, साउन १० । म्युनिख शहरमा आक्रमण भएको चार दिन नबित्दै जर्मनीको आन्सबाक शहरमा अर्काे आक्रमण भएको छ । सांगितिक कार्यक्रम भइरहेको एक रेष्टुरेन्ट बाहिर भएको आत्मघाती बम बिस्फोटमा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । एक २७ बर्षीय शिरियाली युवकले बिस्फोट गराएको प्रहरीले जनाएको छ । यसअघि ग्यास पाइप लिक भएका कारण बिस्फोट भएको आशंक गरिएको थियो । बिस्फोट स्थल आसपासबाट २ हजार ५ सय मानिसलाई स्थानान्तरण गरिएको बीबीसीले जनाएको छ । गएको शुक्रबार म्युनिखमा भएको गोलीकाण्डमा ९ जनाको मृत्यु भएको थियो । पछिल्लो समय युरोपेली देशहरुमा आतंकवादी आक्रमण बढ्दै गएको छ ।