Thaha

Thursday 18 April - 12:45 pm NST

बन्दकर्ताद्धारा ट्रक र ट्याक्सीमा आगजानी


काठमाडौं, साउन १० । नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौं सहित देशका धेरै ठाउँमा गाडी कम चलेका छन । प्रहरीका अनुसार  काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा सार्वजानिक गाडी कम चल्दा नागरिक समस्यामा परेका छन । काठमाडौंमा निजी गाडी तथा मोटरकाइकल भने चलिरहेका छन । आज बिहानै नयाँ बानेश्वरमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजानी गरेका छन् । आगजानीका कारण बा १ ज ५१६२ नम्बरको ट्याक्सी जलेर पुर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । यस्तै चितवनको रत्ननगरमा आज बिहानै औषधि बोकेको ट्रकमा आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको अगाडिको भाग जलेको र केही औषधिमा समेत क्षति पुगेको छ । चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार वीरगन्जबाट काठमाडाँैका लागि औषधि बोकेर आउँदै गरेको ना ५ ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको हो । माओवादीले राष्ट्रिय स्वाधिनताको रक्षा, देशमा बढेको कालोबजारी र भ्रष्टचारको विरुद्ध तथा सर्लाहीको ढुङग्रेखोला धरहरा क्षेत्रका सुकुम्बासीले लगाएको ६ सय बिगाहा जमिनमा रहेको मकै, उखु, धान र फलफुलबाली प्रशासनले नष्ट गरेको विरोधमा नेपाल बन्द आह्वान गरेको जनाएको छ ।