Thaha

Saturday 20 April - 6:14 pm NST

सरकार गठनका लागि नेकपा माओवादी केन्द्रले पहल गर्दै


काठमाडौं, साउन १० । आफ्नो नेतृत्वमा सरकार गठनका लागि नेकपा माओवादी केन्द्रले आजैदेखि पहल थाल्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान आन्तरिक छलफल गर्ने र दिउँसोसम्म नेपाली काँग्रेसका शीर्षनेतासंग भेटवार्ता गर्ने उहाँको नीजि सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । तर बाधा अड्काउ फुकाउको आदेश जारी गर्नुपर्ने र त्यसपछि मात्र राष्ट्रपतिले सरकार गठनका लागि आव्हान गर्ने भएकाले नयाँ सरकार गठनका लागि कम्तिमा पनि १५ दिनको समय लाग्ने भएको छ । काँग्रेस र माओवादी केन्द्रबीच यसअघिनै प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि सहमति भैसकेको छ । काँग्रेस र माओवादीबीच सरकारमा सहभागि हुने दल, मन्त्रालयको भागबण्डा लगायतका कुरामा छलफल केन्द्रीत हुने भएको छ ।