Thaha

Thursday 25 April - 2:41 pm NST

२९ जना सवार भारतीय वायुसेनाको विमान बिहानदेखी सम्पर्कवीहिन ।

काठमाण्डौं, साउन ७ । बिहानेदखी सम्पर्कवीहिन भएको भारतीय वायुसेनाको मालवाहक विमान अझै भेटिएको  छैन । विमान बंगालको खाडीमा खसेको हुनसक्ने आशंका गर्दै वायुसेना, नेवी र कोस्ट गार्डले सोही क्षेत्रमा संयुक्त रुपमा खोजी अभियान केन्द्रीत गरेको इन्डिया टुडेले लेखेको छ ।

नेवीले विमान खोजीका लागि बंगालको खाँडीमा आफ्ना १३ वटा ठुला जहाज परिचालन गरेको छ । खोजी अभियानमा नौसेनाको जहाज प्रयोग गरिएको छ । बिहान साढे ८ बजे चेन्नईबाट आन्डमान र निकोबार द्धिपको राजधानी पोर्ट ब्लेयरका लागि उडेको ए एन थ्री टु विमान उडेको १६ मिनेटपछि राडारबाट सम्पर्कवीहिन भएको थियो ।

अन्तिम पटक सम्पर्क हुंदा विमान १ हजार ३ सय ७५ किलोमिटरको दुरी पार गर्दै २३ हजार फिट उचाईमा उडीरहेको थियो । पाईलटले सबैकुरा सामान्य रहेको बताएपछि विमान राडारसँग सम्पर्कवीहिन बनेको भारतीय बायु सेनाले जनाएको छ । विमानमा २९ जना सवार रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । बिहान साढे ८ बजे उडान भरेको विमान साढे ११ बजे पोर्ट ब्लेयरमा अवतरण हुनुपर्ने थियो । भारतीय सेना र वायू सेनामा एएन थ्री टु विमान धेरै प्रयोग हुने विमान हो ।

गतवर्षपनि चेन्नईमा भारतीय तटीय गार्डको विमान दुर्घटना हुंदा ३ जनाको मृत्यु भएको थियो ।